ऑबुखैरेनी अस्पतालमा असार १ देखि स्वास्थ्य बीमा सञ्चालन हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनी अस्पतालमा असार १ देखि स्वास्थ्य बीमा सञ्चालन हुने

    खबरपुञ्ज संवाददाता

    ३१ जेष्ठ २०८०, बिहीबार

    दमौली । तनहुँको ऑबुखैरेनी अस्पतालमा असार १ गतेदेखि स्वास्थ्य बीमा सञ्चालन हुने भएको छ । गाउँपालिकाले उक्त अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्न लागेको हो ।

    अस्पतालमा सेवा लिन आउने सर्वसाधारणलाई सहज र सरल रुपमा सेवा दिने उद्धेश्य सहित स्वास्थ्य बीमा सञ्चालन गर्न लागिएको अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उनले भने, ‘नागरिकहरुलाई स्वास्थ्य सेवा सहज, सर्भसुलभ हिसावले उपलव्ध गराउनुपर्ने हाम्रो दायित्व हो ।’

    उक्त अस्पतालमा आफ्नै फार्मेसे सेवा समेत सञ्चालनमा आइसकेको छ । फार्मेसीबाट औषधि खरिद गर्दा दश प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ ।