गाैसंरक्षण केन्द्रमा घाँस राेप्न श्रमदान (फाेटाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गाैसंरक्षण केन्द्रमा घाँस राेप्न श्रमदान (फाेटाे सहित)

    खबरपुञ्ज संवाददाता

    १ असार २०८०, शनिबार

    दमाैली । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-९ घारीस्थित गाैसंरक्षण केन्द्रमा घाँस राेप्ने अभियानमा सर्वसाधारणकाे स्वतस्फुर्त सहभागिता भएकाे छ । सुशासन तथा समृद्ध शुक्लागण्डकीका लागि युवा अभियानकाे आव्हानमा उक्त कार्यमा श्रमदान गर्न सर्वसाधारणकाे उल्लेख्य सहभागिता रहेकाे हाे ।

    अभियानका संयाेजक शङ्कर पन्तले गौ संरक्षण केन्द्र हराभरा र गाई भोकले मर्न नपर्ने समयसम्म घाँस राेप्ने कार्य चलिरहने बताए । उनले भने, ‘हामीले याे अभियानका लागि आव्हान गरेकामा युवायुवती, वृद्धवृद्धा समेत आएर सहयाेग गरिरहनुभएकाे छ ।’

    May be an image of 6 people and tree
    May be an image of 12 people and grass

    यसअघि पाँचवटा श्रमदान कार्यक्रममा अनावश्यक झाडी फाड्ने, ढुङ्गा पन्छाउने, खनजोत गर्ने लगायतका सफाईको काम गरी घाँस रोप्ने जमिन तयार पारिएपछि असारको पहिलो हप्तादेखि बृहत घाँस रोपण सुरु भएकाे छ ।

    शनिबार करिब २० रोपनी जग्गामा नेपियर, मुलाटो, सख्खर लगायतका भुईघाँस, दबदबे, पाखुरी, काउरो, इपीलिपी लगायतका डाले घाँस रोपिएको छ ।

    May be an image of 6 people and tree
    May be an image of 6 people, grass and tree

    बृहत सरसफाई तथा घाँस रोपण कार्यक्रमको छैटौं श्रृङ्खलामा युवा अभियन्ताहरुसँगै नेपाल प्रहरी, माछापुच्छ्रे टोल, गाछेपानी साँखर टोल, हरियाली आमा समूह, जनहित आमा समूह, पञ्चमुनिदेव माविका विद्यार्थी सहभागी थिए ।

    May be an image of 14 people, grass and tree
    May be an image of 8 people, people climbing and grass