गुणादीमा माटोको ढिस्कोले पुरिएर मृत्यु भएकाको सनाखत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गुणादीमा माटोको ढिस्कोले पुरिएर मृत्यु भएकाको सनाखत

    खबरपुञ्ज संवाददाता

    ३ असार २०८०, सोमबार

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा आज साँझ माटोको ढिस्कोले पुरिएर मृत्यु भएकाको सनाखत भएको छ । मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भिम भुजेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    ढिस्कोले पुरिएर दुई जना घाइते भएका छन् । घाइते हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ४५ वर्षीय कृष्ण लिङ्देल र उदयपुरको कटारी नगरपालिका–७ बस्ने ४० वर्षीय बलबहादुर राई रहेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

    घाइतेमध्ये बलबहादुरलाई थप उपचारका लागि पोखरा पठाइएको छ भने कृष्णको रत्नहरि अस्पाल दमौलीमा उपचार भइरहेको छ ।

    मुग्लिन पोखरा सडक खण्ड अन्र्तत सडक छेउमा वाल निर्माणका क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर तीन जना घाइते भएका थिए । त्यसमध्ये एक जनाको दमौली अस्पतालमा मृत्यु भएको हो ।