चट्याङ लागेर ऑबुखैरेनीमा युवाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    चट्याङ लागेर ऑबुखैरेनीमा युवाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ७ असार २०८०, शुक्रबार

    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ खाल्टेपानीमा चट्याङ लागेर शुक्रबार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २० वर्षीय प्रितम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    वर्षासँगै परेको चट्याङले स्थानीय डिलबहादुर गुरुङको एकतले कच्ची घरमा एक्कासी चट्याङ पर्दा घरभित्र रहेका निजका छोरा प्रितमको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।