व्यास नगरपालिकाद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिकाद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

    खबरपुञ्ज संवाददाता

    ९ असार २०८०, आईतवार

    दमाैली । तनहँुको व्यास नगरपालिकाले कृषि, स्वास्थ्य र पर्यटनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेले आइतबार आयोजित ३९ औं नगरसभामा आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य र पर्यटन प्राथमिकतामा छन् ।

    स्थापनाकालदेखि नगरपालिकाले हासिल गरेका महत्वपूर्ण उपलब्धिहरुको जगमा रही राज्य पुर्नसंरचनापछि दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिले विगतका कामको समिक्षा गर्दै नगरवासीको भरोसालाई ध्यानमा राखेर स्रोतगत सीमाहरुलाई मध्यनजर गर्दै नीति तथा कार्यक्रम बनाएको नगरप्रमुख न्यौपानेले उल्लेख गरे ।

    नगरपालिकाको विकास अभियानमा आग्रह पूर्वाग्रहबाट माथि उठी सङ्घीय, प्रदेश र वर्तमान तथा पूर्व जनप्रतिनिधि एवं विज्ञहरुको अनुभव, परार्श र सल्लाहलाई सदुपयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको उनले बताए ।

    vyas