गण्डकी प्रदेशस्तरीय एथलेटिक्स : १५ पदक सहित तनहुँ प्रथम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    गण्डकी प्रदेशस्तरीय एथलेटिक्स : १५ पदक सहित तनहुँ प्रथम

    खबरपुञ्ज संवाददाता

    १० असार २०८०, सोमबार

    दमाैली । गण्डकी प्रदेशस्तरीय एथलेटिक्स प्रतियोगितामा तनहुँ १५ पदक सहित प्रथम भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र जिल्ला खेलकुद विकास समिति नवलपुरको समन्वयमा सोमबार सम्पन्न भएको प्रदेशस्तरीय एथलेटिक्स प्रतियोगितामा तनहुँले छ स्वर्ण, चार रजत र पाँच कास्य पदक जित्दै प्रथम स्थान हासिल गरेको हो ।

    No description available.

    प्रतियोगितामा नवलपुर ११ पदक सहित दोस्रो र कास्की ११ पदक सहित तेस्रो भएको छ । नवलपुरले पाँच स्वर्ण, तीन रजत र तीन कास्य पदक जितेको छ भने कास्कीले तीन स्वर्ण, पाँच रजत र तीन कास्य पदक जितेको छ ।

    प्रतियोगितामा तनहुँका निशा घर्तीले एक्लैले तीन स्वर्ण पदक जितेकी छन् । उनले एक सय मिटर दौड, दुई सय मिटर दौड र लङजम्पमा स्वर्ण पदक जितिन् ।

    छात्रतर्फ एक सय मिटर दौडमा भीमबहादुर थापा, आठ सय मिटरतर्फ सहास पन्थ र सुस्मिता रानाभाटले स्वर्ण पदक जितेका छन् । त्यस्तै निशा घर्तीले लङजम्पतर्फ स्वर्ण पदक जितिन् ।

    एक हजार पाँच सय मिटर छात्रतर्फ सहास पन्थ र छात्रातर्फ नम्रता गुरुङले रजत पदक जितेका छन् । लङजम्प छात्रतर्फ विवश थापाले रजत पदक जितेका छन् । ज्याभलिन थ्रो छात्रातर्फ विनिता सार्कीले रजत पदक जितेकी छन् ।

    ट्रिपलजम्प छात्रतर्फ सङ्गम थापाले कास्य पदक जितेका छन् । दुई सय मिटर छात्रतर्फ प्रेमबहादुर थापाले कास्य पदक जितेका छन् । सटपुटतर्फ विनिता सार्कीले कास्य पदक जितेकी छन् । हाइजम्प छात्रतर्फ सङ्गम थापा र छात्रातर्फ तीर्था ढकालले कास्य पदक जितेकी छन् ।