तनहुँका व्यावसायिक कृषकलाई प्रदेश उत्कृष्ट कृषि पुरस्कार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका व्यावसायिक कृषकलाई प्रदेश उत्कृष्ट कृषि पुरस्कार

    खबरपुञ्ज संवाददाता

    १४ असार २०८०, शुक्रबार

    दमौली । तनहुँका व्यावसायिक पशुपालक कृषकले ‘प्रदेश उत्कृष्ट कृषि पुरस्कार’ प्राप्त गरेका छन् । भानु नगरपालिका–१२ स्थित मिर्लुङ बहुउद्देश्यीय कृषि फर्म प्रालिका सञ्चालक कुशलचन्द्र अधिकारीले गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयमार्फत् उत्कृष्ठ कृषि पुरस्कार प्राप्त गरेका हुन् ।

    उक्त पुरस्कारको राशि रु २० हजार रहेको छ । धान दिवसको अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री महेन्द्रध्वज जिसीले उक्त पुरस्कार प्रदान गरे । कृषि तथा पशुपालनको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो ।

    स्नातकोत्तर अध्ययन गरेका अधिकारीले घलेछापमा बाख्रापालन गर्दै आएका छन् । कृषिबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने सोचसहित बाँझो जग्गाको प्रयोग गरी उनले बाख्रापालन गरेका छन् ।