दमाैली । व्यास नगरपालिकाले नगरभित्र सञ्चालित अस्पतालकाे अनुगमन गर्ने भएकाे छ । व्यास नगरपालिका-१० निवासी नगरपालिकाका इन्जिनियर कमलप्रसाद शर्माकाे रत्नहरी अस्पतालकाे लापरवाहीका कारण मृत्यु भएपछि नगरपालिकाले नगर क्षेत्रभित्रका अस्पतालले दिने सेवा र प्रयाेगशालाकाे अनुगमन गर्न लागेकाे हाे ।
नगरपालिकाले अस्पतालकाे सेवाका बारेमा पटक-पटक गुनासाे आएकाले नवीकरण, दर्ता नगरी स्वास्थ्य संस्था सञ्चालन गरिएकाे सम्बन्धमा पाँच दिनभित्र प्रभावकारी अनुगमन गर्ने र आवश्यक सुधारका लागि सम्बन्धित अस्पताललाई निर्देशन दिने निर्णय गरेकाे प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए । उनका अनुसार निर्देशन पालना नगरेमा कानून बमाेजिम कारवाही गरिने उनले बताए ।