कमल मृत्यु प्रकरण : दाहाल भन्छन् – छानबिन समिति गठन गरेर दोषीलाई कारबाही गरौं
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कमल मृत्यु प्रकरण : दाहाल भन्छन् – छानबिन समिति गठन गरेर दोषीलाई कारबाही गरौं

    खबरपुञ्ज संवाददाता

    १७ असार २०८०, सोमबार

    दमौली । निजी अस्पताल एसोशिएसन तनहुँका अध्यक्ष चुडामणि दाहालले इन्जिनियर कमलप्रसाद शर्माको मृत्यु प्रकरणमा छानबिन समिति गठन गरेर अगाडी बढ्नुपर्ने बताएका छन् ।

    व्यास नगरपालिका-४ स्थित रत्नहरी अस्पतालमा स्थानीयवासीले तालाबन्दी गरेपछि दाहालले यस्तो बताएका हुन् । डेंगु संक्रमण भएर अस्पतालमा भर्ना भएका शर्माको अस्पतालको लापरवाहीले मृत्यु भएको पीडितको आरोप छ ।

    दाहालले यो घटनामा कानुनी उपचारको बाटो खोज्नुपर्ने बताए । उनले भने, ‘स्वास्थ्य संस्था सबैको हो,बन्द नगरी समस्याको समाधान खोजौ।सरकारले छानबिन समिति गठन गरोस्, जस्ले गल्ती गरेको छ छानबिनबाट आएको निर्णय अनुसार कारवाही होस् ।’