चालु भन्दा विकास बजेट धेरै हुने म्याग्दे तनहुँको एकमात्र पालिका
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    चालु भन्दा विकास बजेट धेरै हुने म्याग्दे तनहुँको एकमात्र पालिका

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । चालु भन्दा विकासलाई प्राथमिकता राखेर म्याग्दे गाउँपालिकाले तयार गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित भएको छ ।

    गाउँपालिकाले चालु तर्फ भन्दा पुँजीगततर्फ बढी बजेट विनियोजन गरेको छ। विकास बजेटलाई प्राथमिकता दिएको म्याग्दे तनहुँको एकमात्र पालिका हो ।

    म्याग्देले आगामी वर्षका लागि कूल ५५ करोड ५३ लाख ५० हजारको बजेट पारित गरेको छ। त्यसमध्ये चालुतर्फ ३८.७८ प्रतिशत अर्थात् २१ करोड ५३ लाख ५० हजार विनियोजन गरिएको छ भने पुँजीगततर्फ ६१.२२ प्रतिशत अर्थात् ३३ करोड ९९ लाख ६५ हजार बजेट विनियोजन गरिएको छ ।