दमौली । व्यास नगरपालिका-४ स्थित रत्नहरि अस्पतालले कमलप्रसाद शर्माको मृत्यु प्रकरणमा छानबिनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । अस्पतालका अध्यक्ष ताराप्रसाद श्रेष्ठले सोमबार विज्ञप्ती जारी घटनाको सत्यतथ्य छानबिनका लागि पूर्ण सहयोग हुने बताएका छन् ।
श्रेष्ठले शर्माको निधनप्रति दुख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
असार १३ अस्पतालमा भर्ना भएका शर्माको स्वास्थ्यमा जटिलता आएपछि असार १६ गते पोखरा लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो । उक्त घटनामा अस्पतालको लापरवाही भन्दै पीडितले आइतबार अस्पतालमा तालाबन्दी गरेका थिए । घटनाको छानबिन गर्ने लगायत चार बुँदे सहमतिपछि सोमबार ताला खोलिएको थियो ।