दमौली । तनहुँ-१ का सांसद डा. स्वर्णिम वाग्लेले घुमाउनेको अलपत्र पुलको बारेमा चासो राखेका छन्। मुग्लिन नारायणगढ सडकखण्डको विकल्पको रुपमा हेरिएको बुद्धसिंह मार्ग अन्तर्गत रहेको घुमाउनेमा अलपत्र रहेको पुलको बारेमा वाग्लेले चासो राखेका हुन् ।
उनले मंगलबार सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसँग यसबारेमा छलफल गरेका छन् ।
उनले भने, ‘दूरी छोट्याउने, लागत घटाउने’ मेरो चुनावी नारा नै थियो। तनहुँलाई मुग्लिङ्ग-नारायणगढ सडकसँग जोडी दमौलीसम्मको दूरी ३० किमी घटाउन घुमाउनेमा पुल बन्न आवश्यक छ। १० वर्षअघि ठेक्का लागेपनि डिजाइन परिवर्तन र अन्य कमजोरीका कारण पुलको निर्माण अलपत्र छ।’
पहिरोका कारण दक्षिणी तनहुँको बुद्धसिंह मार्गको विकल्प थप स्पष्ट भएको उनको भनाइ छ ।