एसइइ नतिजा : तनहुँमा ३.६ भन्दा बढी जिपीए ल्याउने एक सय ५२
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एसइइ नतिजा : तनहुँमा ३.६ भन्दा बढी जिपीए ल्याउने एक सय ५२

    खबरपुञ्ज संवाददाता

    २० असार २०८०, बिहीबार

    दमाैली । माध्यमिक शिक्षा परीक्षा (एसइइ) अन्तर्गत तनहुँमा एक सय ५२ विद्यार्थीले ३.६ भन्दा बढी जिपिए प्राप्त गरेका छन् । बिहीबार सार्वजनिक भएको नतिजा अनुसार साधारणतर्फ एक सय ३९ र प्राविधिक धारतर्फ १३ गरी एक सय ५२ विद्यार्थीले ३.६ भन्दा बढी जिपिए प्राप्त गरेका छन् ।

    जिल्लामा सबैभन्दा बढी ३.९५ जिपिए प्राप्त भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख बसन्तराज पौडेलले जानकारी दिए ।

    ३.२ देखि ३.६ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या पाँच सय १८ छ । त्यसमध्ये साधारणसभातर्फ चार सय ९२ र प्राविधिक धारतर्फ २६ विद्यार्थी छन् ।

    May be an image of text that says 'SEE 2079 को जिल्लागत नतिजा विवरण तनहुँ क्र.सं. समुह साधारण तर्फ GPA Group प्राविधिक धार तर्फ 9 संख्या GPA Group नियमित 3.60- 4 जम्मा संख्या २ Remark 139 3.20-3.6 3 3.60 -4 13 492 2.80- 3.2 152 3.20-3.6 -3.6 3.20 26 High GPA 3.95 737 2.40- 2.40-2.8 2.8 518 2.80- 46 1142 2.00- 783 2.40- 2.8 41 1435 1183 1.60-2.0 1.60- 2.0 ७ 2.00- 2.4 18 1178 1453 Below 1.6 1.60- 1.60-2.0 2.0 7 374 1185 Below 1.6 Absent/withheld 39 374 2 41'

    २.८ देखि ३.२ जिपिए ल्याउने साधारणतर्फ सात सय ३७ र प्राविधिक धारतर्फ ४६ गरी सात सय ८३, २.४ देखि २.८ जिपिए ल्याउने साधारणतर्फ एक हजार एक सय ४२ र प्राविधिक धारतर्फ ४१ गरी एक हजार एक सय ८३, २ देखि २.४ जिपिए ल्याउने साधारणतर्फ एक हजार चार सय ३५ र प्राविधिक धारतर्फ १८ गरी एक हजार चार सय ५३ विद्यार्थी छन् ।

    १.६ देखि २ जिपिए ल्याउने साधारणतर्फ एक हजार एक सय ७८ र प्राविधिक धारतर्फ सात गरी एक हजार एक सय ८५, १.६ भन्दा तल जिपिए ल्याउने साधारणतर्फ तीन सय ७४ विद्यार्थी छन् ।

    परीक्षामा साधारणतर्फ ३९ र प्राविधिक धारतर्फ दुई गरी ४१ विद्यार्थी अनुपस्थित थिए । परीक्षामा साधारणतर्फ पाँच हजार पाँच सय ३६ र प्राविधिक धारतर्फ एक सय ५३ गरी कूल पाँच हजार छ सय ८९ विद्यार्थी सहभागी थिए ।