रिस्ती खाेलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रिस्ती खाेलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २१ असार २०८०, शुक्रबार

    दमाैली । तनहुँको व्यास नगरपालिका–८ बर्लाचीस्थित रिस्ती खोलामा डुबेर शुक्रबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १२ वर्षीय सगुल लम्साल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    साँझको समयमा खोलामा पौडी खेल्न गएका लम्साल डुबेर घाइते भएकामा उपचारका क्रममा दमौली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए । उनको शव दमौली अस्पतालमा राखिएको छ ।