दमौलीका सात आयुर्वेद पसलमा नगरपालिकाको ताला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीका सात आयुर्वेद पसलमा नगरपालिकाको ताला

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । व्यास नगरपालिकाले दमौलीमा रहेका आयुर्वेद पसलहरुमा मंगलबार अनुगमन गरेको छ ।  अनुगमनको क्रममा ओपिडि सहित संचालनमा रहेका ७ वटा पसललाई सिल गरिएको छ ।

    अनुगमनका क्रममा व्यास २ स्थित रहेको रुक्शल आयुर्वेद फर्माले स्थानीय तहमा दर्ता नगरेको र औषधी पसल दर्ता गरि बिरामी परीक्षण गर्ने गरेको पाईएपछि ताला लगाइएको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिए ।

    त्यस्तै आरोग्य फार्मेसीले स्थानीय तहमा दर्ता नगरेको,एलोपेथि र होमोपेथि औषधी दुबै बिक्री गरेको , औषधी खुल्ला रूपमा भेटिएको , फार्मेसी मापदण्ड विपरित सञ्चालनमा रहेको पाईएपछि सिल गरिएको छ ।

    व्यास २ गणेशमान चोक स्थित रहेको अनमोल आयूर्वेद स्वास्थ्य क्लिनिकले नविकरण नगरेको,क्लिनिक मापदण्ड अनुसार नरहेको र एलोपेथि औषधी बिक्री गर्ने गरेको पाईएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । उनका अनुसार उक्त क्लिनिकलाई सिल गरी फार्मेसी मात्र संचालन गर्न दिईएको छ भने एक सातामा पसल नविकरण गर्न निर्देशन दिईएको छ ।

    व्यास होमियो फार्मेसीमा होमियो फार्मेसी दर्ता भएकामा क्लिनिक तथा प्रयोगशाला समेत सञ्चालन भएको , ल्याव र क्लिनिक संचालन दर्ता नभएको पाईएको छ । उक्त  ल्याब र ओपिडिलाई पनि सिल गरिएको छ । आयुष होमियो फर्मामा होमियो प्याथि पसल दर्ता चलानी नै नभएको , म्याद सकिएको औषधी फेला परेको, औषधी पसल दर्ता गरि क्लिनिकको रूपमा सञ्चालन गरेको  पाईएको छ । उक्त पसल पनि सिल गरिएको छ ।

    व्यास २ सत्यवती माध्यमिक विद्यालय अगाडी रहेको स्पार्क दमौली अस्पताल स्थानीय तहमा दर्ता नै नभई संचालनमा रहेको पाईएको छ । उक्त अस्पताल पनि सिल गरिएको छ ।  प्रकाश आयुर्वेदिकमा आयुर्वेद पसलमा दर्ता  गरि एलोपेथि औषधी  बिक्री गर्ने गरेको , औषधी पसलमा क्लिनिकको सेवा सञ्चालन गरेको र चिकित्सक बिना अनाधिकृत व्यक्तिले बिरामी परीक्षण गरेको भेटिएको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रैको संयोजत्वमा गरिएको अनुगमनमा जिल्ला आयुर्वेद कार्यालयका आयुर्वेद चिकित्सक रामप्रमोद मण्डल लगायतको सहभागिता रहेको थियो ।