राजकीय सम्मानमा साथ दाहालको अन्त्येष्टि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राजकीय सम्मानमा साथ दाहालको अन्त्येष्टि

    खबरपुञ्ज संवाददाता

    २६ असार २०८०, बुधबार

    काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको थियो ।

    उनकाे पार्थिक शरीरमा नेपालको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिइएको थियो । प्रधानमन्त्री प्रचण्डले सीताको पार्थिक शरीरमा दागबत्ती दिएका छन् । प्रधानमन्त्रीको साथमा उनका छोरीहरु रेणु र गङ्गा दाहालले सीताको पार्थिक शरीरमा दागबत्ती दिएका हुन् ।

    आज बिहान निधन हुनुभएकी सीतालाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट शवयात्राका साथ पशुपति आर्यघाट पुर्‍याइएको थियो । पशुपति आर्यघाटमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाललगायत शीर्ष नेताहरुको उपस्थिति थियो । त्यस्तै, आर्यघाटमा मन्त्रीगण, सरकारी अधिकारी, नेकपा(माओवादी केन्द्र)का नेता तथा कार्यकर्ता र शुभेच्छुकको बाँक्लो उपस्थिति थियो ।