कास्कीको पोल्याङमा बसको ठक्करबाट एकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    कास्कीको पोल्याङमा बसको ठक्करबाट एकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    पोखरा । कास्कीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ।

    कास्कीबाट लमजुङ जाँदै गरेको ग १ ख ७६८६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ग १५ प ८४८३ नम्बरको मोटरसाइकललाई रूपा गाउँपालिका-३ पोल्याङमा बिहान ७:४८  ठक्कर दिएको थियो।  

    दुर्घटनामा परी मोटरसाइकलमा सवार लमजुङको मध्यनेपाल गाउँपालिका-६, भोर्लेटारका २३ विवेक विक र २० वर्षीय दीपेन्द्र विक गम्भीर घाइते भएका थिए।

    जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्रीराम तिमिल्सिनाका अनुसार २३ वर्षीय विवेकको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ।

    उनका भाइ दीपेन्द्रको पनि अवस्था गम्भीर रहेको उनले बताए।

    मध्यनेपाल गाउँपालिका- ६ का वडाध्यक्ष विष्णुभक्त पौडेलका अनुसार विवेक र दीपेन्द्र सहोदर दाजुभाइ हुन्।