दमाैली । तनहुँको व्यास नगरपालिका–१३ बेलवासस्थित मादीसेतीको सङ्गममा एक महिलाको शव फेला परेको छ । सेती नदीमाथि तैरिरहेको अवस्थामा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
महिलाको सनाखत हुन नसकेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए । मृतकको सनाखतका लागि प्रयास भइरहेको उनकाे भनाइ छ ।
गहुँगोरी वर्ण, मझौला शरीर, अनुहारको बाहिरी छालाको भाग सडेगलेको, टाउकोको बाहिरी छाला सडेर कपालको भाग समेत नभएको, शरीरमा कुनै कपडा नभएको, पाँच फिट उचाइ, दाहिने कानमा बुट्टा सहितको सुनजस्तो देखिने पहेलो रङ्गको एक थान मुन्द्रा, नाकमा सुनजस्तो देखिने पहेलो रङ्गको फुली लगाएको अन्दाजी ४० वर्षीया महिला रहेको प्रहरीको भनाइ छ ।
मृतक महिलाको हालसम्म कही कतैबाट सनाखत भइ आफन्त प्रहरीको सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।