एयर होस्टेस प्रशिक्षणका लागि तनहुँका छात्रालाई मोहन बतास फाउण्डेशनले छात्रवृत्ति दिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एयर होस्टेस प्रशिक्षणका लागि तनहुँका छात्रालाई मोहन बतास फाउण्डेशनले छात्रवृत्ति दिने

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । मोहन बतास फाउण्डेशनले एयर होस्टेस प्रशिक्षणका लागि तनहुँ जिल्लाभित्रका छात्रालाई पूर्ण र आंशिक छात्रवृत्ति दिने घोषणा गरेको छ । फाउण्डेशनले एयर होस्टेस अध्ययनमा रुची भएका र आर्थिक रुपमा विपन्न छात्रालाई छात्रवृत्ति दिने घोषणा गरेको हो ।

    सामाजिक उत्तरदायित्व वहन अन्तर्गत फाउण्डेशनले छात्राहरुलाई छात्रवृत्तिको व्यवस्था मिलाउनेका फाउण्डेशनका अध्यक्ष ओमराज श्रेष्ठले बताए ।

    जुनसुकै विषयमा प्लस टु उत्तीर्ण, पाँच फिट दुइ इन्च उचाइ, १८ वर्षदेखि २८ वर्ष, अङ्ग्रेजी भाषामा दख्खल, दैनिक औषधि सेवन गर्नुनपर्ने, देखिने स्थानमा ट्याटु नहानेको, मेडिकल अप्रेशन नगरेका र शारीरिक र मानसिक रुपमा स्वस्थ भएका छात्राहरुले यो मापदण्ड पूरा गरेको हुनुपर्नेछ ।

    एयर होस्टेस लोभलाग्दो पेशा भएको र यसमा युवतीहरु आकर्षित हुने गरेकाले जिल्लाभित्रका छात्रालाई छात्रवृत्ति दिएर यसको प्रशिक्षण लिने अवसर मिलाउन लागिएको फाउण्डेशनले जनाएको छ ।

    एयर होस्टेस प्लस टु पढेका विद्यार्थीले पढ्न पाउँछन् । जुनसुकै विषय पढेकाले पनि यो कोर्स पढ्न पाउँछन् ।