उपप्रमुख दरैद्वारा दुई जनालाई ह्विलचियर प्रदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    उपप्रमुख दरैद्वारा दुई जनालाई ह्विलचियर प्रदान

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली। तनहुँको व्यास नगरपालिकाको उपप्रमुख ईन्दिरा दरैले दुई जना अपाङगता भएकालाई ह्विलचियर प्रदान गरेकी छन् । उपप्रमुख दरैले व्यास १ भादगाँउका ५२ वर्षीय कृष्णबहादुर रानाभाट र सोही वडाकी  ७० वर्षिया मिठु बिक लाई  ह्विलचियर हस्तान्तरण गरेकी हुन् ।

    नगरपालिकाको महिला बालबालिका अपांगता तथा ज्येष्ठ नागरिक उपशाखा मार्फत उपप्रमुखले बिक लाई ह्विलचियर प्रदान गरेकी हुन्। वि को परिवार ले ह्विलचियर आवश्यक परेको भन्दै निवेदन आएपछि प्रदान गरिएको हो त्यस्तै रिसेडको सहकार्यमा भादगाँउकारानाभाटलाई पनि सोहि दिन ह्विलचियर हस्तान्तरण  गरिएको छ। 

    शारीरिक रूपमा अपाङ्गता भएकाले हिडँडुल गर्न असहज भएकालेह्विलचियर प्रदान गरिएको उपप्रमुख दरैले बताईन् । उनले भनिन्, “अपाङ्गता भएका व्याक्तिलाई नगरपालिकाले सहयोग गर्दै आईरहेको छ, अंपागता भएका व्यक्तिलाई सहज रुपमा बाँच्न नगरपालिकाले अपांगता मैत्री वातावरण सिर्जना गदै आएको छ । ”