मनहरीमा बन्याे नयाँ खानेपानी ट्याङ्की, पूर्वमन्त्री भण्डारीले उद्घाटन गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    मनहरीमा बन्याे नयाँ खानेपानी ट्याङ्की, पूर्वमन्त्री भण्डारीले उद्घाटन गर्ने

    खबरपुञ्ज संवाददाता

    ३ श्रावण २०८०, बिहीबार

    दमाैली । तनहुँकाे म्याग्दे गाउँपालिका-४ मनहरिमा नयाँ खानेपानी ट्याङ्की निर्माण सम्पन्न भएकाे छ । मनहरि पिपलटार खानेपानी याेजनाकाे नयाँ ट्याङ्की निर्माणकाे काम सकिएकाे हाे ।

    खानेपानी आयाेजनाकाे ट्याङ्कीमा हत्या गरिएकाे अवस्थामा महिलाकाे शव भेटिएपछि नयाँ ट्याङ्की निर्माण थालिएकाे थियाे । खानेपानी उपभाेक्ता समितिका सचिव चन्द्रकुमार मल्लका अनुसार नवनिर्मित खानेपानी ट्याङ्कीकाे साउन ७ गते उद्घाटन गरिँदैछ ।

    सङ्घीय सरकारकाे रु ८० लाखकाे लागतमा खानेपानी ट्याङ्की निर्माणकाे काम सुरु गरिएकाे थियाे । ट्याङ्कीकाे पूर्वमन्त्री एवं तनहुँ-२ का सांसद शङ्कर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएकाे छ ।