दमौली । लियो क्लव अफ तनहुँले शनिबार आयोजना गरेको रक्तदानमा ३० पिन्ट रगत संकलन भएको छ। व्यास नगरपालिका-३ अनसन चौतारीमा आयोजित कार्यक्रममा ३० जनाले रक्तदान गरेको क्लवले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहेको कार्यक्रममा व्यास-३ का वडाध्यक्ष अनुप रानाले रगतका कारण कसैले पनि अकालमा ज्यान गुमाउन नहुने भन्दै कार्यको प्रशंसा गरे ।
क्लवकी अध्यक्ष बसन्ती थापाका अनुसार कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय ३२५ एल नेपालका एओजी सरोज भण्डारी, एमजेएफ कृष्ण मुरारी मिश्र , रिजन कोर्डिनेटर कृष्णहरि गैह्रे लगायतको सहभागिता थियो ।
कार्यक्रमको सहजीकरण क्लबका सचिव मुकेश बिडारीले गरेका थिए ।