राधा माविमा भर्ना, मासिक लगायत सबै शुल्क निशुल्क
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राधा माविमा भर्ना, मासिक लगायत सबै शुल्क निशुल्क

    खबरपुञ्ज संवाददाता

    ८ श्रावण २०८०, मंगलवार

    दमौली । तनहुँको म्याग्दे गाउँपालिका-२ स्थित राधा माविले भर्ना, मासिक लगायत सबै शुल्क निशुल्क गर्ने भएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन विद्यालयले यो निर्णय गरेको हो ।

    विद्यालयका प्रधानाध्यापक खुमराज तिवारीका अनुसार परीक्षा शुल्क, यातायात शुल्क, पाठ्यपुस्तक शुल्क समेत निशुल्क गरिएको छ । ‘यो निर्णयले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्ने अपेक्षा गरेका छौ, राधा माविले गुणस्तरीय शिक्षामा जोड दिएको छ,’ उनले भने ।

    विद्यालयले कक्षा ११ मा व्यवस्थापन (कम्प्यूटर साइन्स) र शिक्षा शास्त्रमा भर्ना खुलाएको छ। म्याग्देकै उत्कृष्ट विद्यालयको रुपमा सूचीकृत राधा माविमा हाल ८६० विद्यार्थी अध्ययनरत छन् ।

    तनहुँमा नै उत्कृष्ट नतिजा ल्याउने गरि शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाइ प्रोत्साहित गर्ने काम भइरहेको शिक्षक अभिभावक संघका अध्यक्ष सन्दिप रानाभाटले जानकारी दिए ।

    उनका अनुसार व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले विद्यालयमा नियमित रुपमा अनुगमन गर्दै आएको छ।

    हाल एउटा विद्यालय बस रहेकामा भाद्र महिनादेखि थप एक नयाँ बसको व्यवस्था गर्न लागिएको व्यवस्थापन समिति अध्यक्ष छविलाल श्रेष्ठले जानकारी दिए ।