समन्वय समितिको सटरको टेण्डर गर्ने तयारी, न्यूनतम मूल्य साढे नौ हजार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    समन्वय समितिको सटरको टेण्डर गर्ने तयारी, न्यूनतम मूल्य साढे नौ हजार

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । व्यास नगरपालिका-३ अनसन चोक नजिक बनेको व्यापारिक सटरको टेण्डरको तयारी गरिएको छ । जिल्ला समन्वय समितिले उक्त सटरहरुको टेण्डर गर्ने तयारी गरेको हो ।

    समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले केही दिनमै सटरको टेण्डर आव्हान हुने जानकारी दिए । इस्टमेट अनुसारको डिजाइनमा थोरै परिवर्तन भएकाले संघीय आयोजना कार्यान्वयन इकाइले त्यसलाई सच्याउन भनेकाले टेण्डर खुलाउन ढिलाइ भएको उनले बताए ।

    उक्त ठाउँमा २५ सटर निर्माण भएको छ । त्यसमध्ये पहिलो सटरको न्यूनतम भाडा ११ हजार ५ सय र बॉकी २४ सटरको न्यूनतम भाडा साढे नौ हजार तोकिनेछ । उनले भने, ‘एक जनालाई दुई वटा सटरमा टेण्डर हाल्न दिइनेछ ।’