महिलाहरुसँग पैसा उठाइ ठगेर भागेका गिरी तनहुँ प्रहरीद्वारा पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    महिलाहरुसँग पैसा उठाइ ठगेर भागेका गिरी तनहुँ प्रहरीद्वारा पक्राउ

    खबरपुञ्ज संवाददाता

    १२ श्रावण २०८०, शुक्रबार

    दमाैली । जिल्ला प्रहरी कार्यालय तनहुँले ठगी मुद्धामा फरार एक जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया बासगढी नगरपालिका–५ झोडिया स्थायी घर भइ हाल तनहुँको व्यास नगरपालिका–१ अम्रेनी बस्ने ५० वर्षीय महेश गिरी नामले चिनिने मेघनाद गिरी रहेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

    हाम्रो हात नेपाल प्रालिमा शेयर लगानी गर्ने कृषकहरुलाई कृषि फार्महरुमा सहुलियत ऋण पाइने भनी प्रलोभन देखाई विसं २०७८ साल पुस महिनामा व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङका महिलाबाट रु सात लाख ५० हजार ठगेर भागेका निजलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक खाँणको भनाइ छ ।

    निज विरुद्ध महिलाहरुले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पक्राउ परेका विरुद्ध तनहुँ अदालतबाट आज सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।