सवारी दुर्घटना न्यूनीकरण सचेतनाका लागि ‘स्लो बाइक रेस’ (तस्वीर/भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सवारी दुर्घटना न्यूनीकरण सचेतनाका लागि ‘स्लो बाइक रेस’ (तस्वीर/भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    १२ श्रावण २०८०, शनिबार

    दमाैली । सवारी दुर्घटना न्यूनीकरण सचेतनाका लागि एलायन्स क्लव अफ तनहुँले शनिबार दमौलीमा ‘स्लो बाइक रेस’ प्रतियोगिता आयोजना गरेको छ । तीव्र गतिमा सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले सर्वसाधारणलाई सचेतना प्रदान गर्ने उद्धेश्यसहित क्लवले ढिला मोटरसाइकल चलाउने (स्लो रेस) प्रतियोगिता सम्पन्न गरेको हो ।

    व्यास नगरपालिका–३ अनसनचौतारीस्थित सडकमा आयोजना गरिएको प्रतियोगितामा २० मिटर दूरी एक मिनेट नौ सेकेण्डमा पूरा गर्दै रजिन पौडेल प्रथम भएका छन् । उनले नगद रु १२ हजार प्राप्त गरे।

    May be an image of 4 people, beard and text
    May be an image of 6 people and text

    त्यस्तै इश्वर श्रेष्ठले एक मिनेट चार सेकेण्डमा उक्त दूरी पूरा गरे। उनले नगद रु छ हजार प्राप्त गरेका छन् । त्यस्तै एक मिनेट दुई सेकेण्डमा उक्त दूरी पूरा गर्दै आदेश श्रेष्ठ तृतीय भएका छन् । उनले नगद रु दुई हजार पाँच सय प्राप्त गर्नुभएको छ ।

    तीव्र गतिमा सवारी साधन चलाउँदा अकालमा ज्यान गुमाउनुपर्ने अवस्थालाई मध्यनजर गर्दै सुरक्षित रुपमा सवारी चलाउनुपर्छ भन्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको क्लवका अध्यक्ष अजित पन्थले जानकारी दिए।

    May be an image of 15 people, motorcycle and text that says 'RIME कमर्सियल बैंक MEBTD LTD. लिमिटेड Sewa khabarpunja khabarpunja khabarpunja khabarpun ja khaba punja khabarpunja @.99.040 89'
    May be an image of 10 people, motorcycle, scooter, street and text

    कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले सवारी दुर्घटना न्यूनीकरण ट्राफिक प्रहरीको मात्रै जिम्मेवारी नभई समाजमा रहेका हरेक व्यक्तिको दायित्व भएको बताए ।

    व्यास नगरपालिका–४ का वडा सदस्य सरोज भण्डारी, क्लवका पूर्व अध्यक्ष सुदीप पौडेल, उपाध्यक्ष अमित कैनी लगायतले क्लवले सामाजिक क्षेत्रमा पु¥याउँदै आएको योगदानका बारेमा चर्चा गरेका थिए ।