पर्यटकीयस्थल मानुङकोटमा वृक्षारोपण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पर्यटकीयस्थल मानुङकोटमा वृक्षारोपण

    खबरपुञ्ज संवाददाता

    १४ श्रावण २०८०, सोमबार

    दमाैली । नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सवको अवसरमा तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा वृक्षारोपण गरिएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाले मानुङकोटमा साेमबार वृक्षारोपण गरेको हो ।

    सो अवसरमा आयोजनाका प्रबन्धक हरिकुमार श्रेष्ठ, व्यास नगरपालिका–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ, ऋषिङ गाउँपालिका–१ का वडाध्यक्ष कुशबहादुर थापा लगायतले विभिन्न प्रजातिका बिरुवा रोपण गरेका छन् ।

    नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सवमा पाँच लाख बिरुवा रोप्ने अभियान अन्तर्गत पर्यटकीय स्थल मानुङकोट र आयोजनाको विद्युतगृह आसपास पाँच सय बिरुवा रोपिएको छ । त्यसक्रममा सल्ला, चाँप, सिरिस, गुलमोहर लगायतका बिरुवा रोपिएको प्रबन्धक श्रेष्ठले बताए ।

    विसं २०४२ सालमा स्थापना भएको प्राधिकरणले ९० प्रतिशत जनतामा विद्युत पहुँच उपलब्ध गराइसकेको छ । ५३ लाख ग्राहक रहेको प्राधिकरणले भरपर्दो र सहुलियत विद्युत उपलब्ध गराइरहेको श्रेष्ठले बताए ।

    आयोजनाले प्रशारण लाइन निर्माणका क्रममा रुख बिरुवा काट्छ तर वृक्षारोपण गर्दैन भन्ने भ्रम रहेकाले वृक्षारोपण पनि गर्छ भन्ने सन्देश दिन कार्यक्रम गरिएको आयोजनाका सहायक निर्देशक भोजराज पोख्रेलले जानकारी दिए ।

    व्यास नगरपालिका–५ का वडाध्यक्ष श्रेष्ठले पर्यटकीय स्थलमा गरिएको वृक्षारोपणको संरक्षणको चुनौति रहेकाले यसतर्फ ध्यान दिने बताए ।