दमाैली । गण्डकी प्रदेश सरकार मातहतका तीन वटा कार्यालयले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम सार्वजनिक गरेका छन् । कृषि ज्ञान केन्द्र, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र व्यावसायिक किट विकास केन्द्रले चालु आर्थिक वर्ष २०८०÷८१ को वार्षिक कार्यक्रम सार्वजनिक गरेका हुन् ।
कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारी, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठ र व्यावसायिक किट विकास केन्द्रका प्रमुख भवनाथ देवकोटाले कार्यालयले सञ्चालन गर्ने कार्यक्रमको जानकारी गराए।
कृषि ज्ञान केन्द्रका लागि चालु वर्षका लागि रु आठ करोड सात लाख ५३ हजार बजेटको कार्यक्रम स्वीकृत भएको छ । कार्यालयले चैते धान प्रबद्र्धन, आलु खेती, कृषि बीमा, सुन्तला, तरकारी खेती लगायतमा कार्यक्रम सञ्चालन गर्दैछ ।
पशु सेवा विज्ञ केन्द्रले मासुमा अनुदान, बाँझो जग्गामा घाँस खेती नयाँ कार्यक्रम सञ्चालन गर्दैछ । त्यस्तै दूधमा अनुदान, पशु बीमा लगायतका कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन भएको केन्द्र प्रमुख श्रेष्ठले बताए। कार्यालयका लागि रु आठ करोड ८० लाख बजेट विनियोजन भएको छ ।
व्यावसायिक किट विकास केन्द्रले रेशम किरा, मौरी र च्याउ तीन वटा विषयमा कार्यक्रम सञ्चालनका लागि बजेट स्वीकृत गरेको छ । कार्यालयले च्याउ बीउ उत्पादन, मौरी वितरण, तालिम, अनुदान लगायतका कार्यक्रम सञ्चालन गर्ने कार्यालय प्रमुख देवकोटाले जानकारी दिए। कार्यालयका लागि रु दुई करोड ३५ लाख ८६ हजार बजेट स्वीकृत भएको छ ।