फेदीखोला पुलमा तोडफोड गर्नेलाई कारबाही गर्न एमालेद्वारा प्रजिअलाई ध्यानाकर्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    फेदीखोला पुलमा तोडफोड गर्नेलाई कारबाही गर्न एमालेद्वारा प्रजिअलाई ध्यानाकर्षण

    खबरपुञ्ज संवाददाता

    २६ श्रावण २०८०, शुक्रबार

    दमौली । नेकपा एमाले भिमाद र ऋषिङ कमिटीले फेदीखोला पुलमा तोडफोड गर्नेलाई कारबाहीको माग गरेको छ। तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई ज्ञापनपत्र बुझाउँदै एमालेले तोडफोडमा संलग्नलाई पहिचान गरी कारबाहीको माग गरेको हो ।

    अराजक गतिविधिमा संलग्नलाई पक्राउ गरी कारबाहीको माग सहित प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइएको एमाले भिमाद नगर कमिटी अध्यक्ष इमान थापाले जानकारी दिए ।

    गत साउन १७ गते केही व्यक्तिले पुलमा राखिएको शिलालेख तोडफोड गरेका थिए । भिमाद र ऋषिङ जोड्ने फेदीखोलाको पुल विसं २०७८ फागुन २९ गते पूर्व अर्थमन्त्री किरण गुरुङले उदघाटन गरेका थिए । गुरुङ अर्थमन्त्री हु्ँदा बजेट विनियोजन भई उक्त पुल निर्माण सुरु भएको थियो ।