दमौली । तनहुँको विमलनगरस्थित मर्स्याङ्दी नदीमा जलसतह सतर्कता तह नजिक पुगेको छ । केही दिनदेखि परेका वर्षाका कारण नदीमा पानीको बहाव बढेको हो ।
आइतबार बिहान जलसतह सतर्कता तह १० मिटर आसपास पुगेको हो । सो क्रम बढ्दो रहेकाले तटीय क्षेत्रमा रहनेलाई दिउँसो १ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।