पहिरो हटाएर पृथ्वीराजमार्ग सुचारु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पहिरो हटाएर पृथ्वीराजमार्ग सुचारु

    खबरपुञ्ज संवाददाता

    २७ श्रावण २०८०, आईतवार

    दमौली । पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको छिर्कने–डुम्रे खण्ड सुचारु भएको छ । आज दिउँसो १२ः१५ देखि अवरुद्ध भएको उक्त खण्ड पहिरा पन्छाएपछि पुनः सुचारु भएको हो ।

    बन्दीपुर गाउँपालिका–१ बेलभन्ज्याङमा खसेको पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको थियो । सडक डिभिजनको सहयोगमा पहिरो पन्छाएर राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सडक सुचारु भएपछि रोकिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको छ ।

    यसैगरी १७ घण्टादेखि एकतर्फी सञ्चालनमा रहेको पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी–मुग्लिन खण्ड दुईतर्फी सञ्चालन भएको छ । आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरा नजिक शनिबार साँझ ६ः३० बजे पहिरोसँगै ढुङ्गा खस्दा राजमार्ग एकतर्फी भएको हो ।

    ढुङ्गा हटाएर शनिबार राति ९ बजे एकतर्फी बनाइएको सडक आज दिउँसोबाट दुईतर्फी सञ्चालनमा आएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए । “सडकमा रहेका ढुङ्गालाई ब्रेकरले फुटाएर सडक दुईतर्फी सञ्चालनमा ल्याएको छ,” उनले भने ।