दमाैली । तनहुँमा कार्यरत प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मङ्गलबार सार्वजनिक गरेको सूची अनुसार तनहुँमा कार्यरत प्रहरी निरीक्षकहरुको सरुवा भएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँ अपराध नियन्त्रण तथा अनुसन्धान शाखाका भानु शर्माको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की सरुवा भएको छ ।
इलाका प्रहरी कार्यालय भानुका रमेश विष्टको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी सरुवा भएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका राजकुमार विकको इलाका प्रहरी कार्यालय बुर्तिबाङ सरुव भएको छ ।
इलाका प्रहरी कार्यालय साराङघाटका नरहरी अधिकारीको नेपाल प्रहरी प्रदेश कार्यालय लागुऔषध नियन्त्र इकाई पोखरा सरुवा भएको छ ।
जिप्रका तनहुँमा इलाका प्रहरी कार्यालय दरबाङबाट मोहनबहादुर खड्का आउने भएका छन् । जिप्रका तनहुँ मानवस्रोत व्यवस्थापन शाखामा गण्डकी प्रदेश प्रहरी कार्यालय प्रहरी निरीक्षालय पोखराबाट चन्द्रप्रसाद भण्डारी आउने भएका छन् ।
इलाका प्रहरी कार्र्यालय भानुमा केन्द्रीय अनुसन्धान व्युरो पिलर आठ सूचना सङ्कलन, विश्लेषण र अभिलेख व्यवस्थापन शाखाबाट सुशील घिमिरे आउने भएका छन् ।
त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीबाट इश्वर कार्की नेपाल प्रहरी विशेष सुरक्षा गण बेलचौतारा आउने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा कास्कीबाट इलाका प्रहरी कार्यालय बन्दीपुरमा कमलकान्त पोख्रेल आउने भएएका छन् ।
केन्द्रीय अनुसन्धान व्युरो पिलर ३ ठगी, किर्ते, बाल यौन दुराचार, मुद्रा अपचलन, पुरातात्विक अपराध अनुसन्धान शाखाबाट गणेश सुवेदी इलाका प्रहरी कार्यालय बेलचौतारा आउने भएका छन् ।