जिल्ला सभागृहलाई अपाङ्गतामैत्री बनाउने सहमति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जिल्ला सभागृहलाई अपाङ्गतामैत्री बनाउने सहमति

    खबरपुञ्ज संवाददाता

    ३० श्रावण २०८०, बुधबार

    दमौली । व्यास नगरपालिका-३ स्थित सभागृहलाई पूर्ण अपांगतामैत्री बनाउने सहमति भएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बुधबार बसेको बैठकले सभागृहलाई पूर्ण अपांगतामैत्री बनाउने सहमति गरेको हो ।

    सभागृहमा निर्माण भइसकेको अपाङ्गमैत्री संरचनाहरुको बारेमा छलफल गरी कम लागतबाट सुधार गर्न सकिने टेक टायल, र्याम्पको वरपर रेलिङ, शौचालयलाई मिलाउने लगायतका कार्यहरु अविलम्ब सुधार गर्ने सहमति भएको छ ।

    सो क्रममा संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीका प्रमुखले भवनका बारेमा जानकारी गराएका थिए ।

    त्यस्तै भवनको सबै कोठालाई अधिकतम पहुँचयुक्त बनाउनका लागि लिफ्टको आवश्यकता देखिएको हुँदा सोको लागि आयोजनाले बजेट माग गरी शहरी विकास तथा भवन निर्माण विभाग मार्फत् शहरी विकास मन्त्रालयलाई अनुरोध गरी लेखी पठाउने निर्णय भएको छ ।

    बैठकमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको विशेष उपस्थिति रहेको थियो ।