काठमाडाै । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आउने आइतबार (भदौ ३) गते प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।
विश्वासको मत लिने प्रस्ताव उनले शुक्रबार नै प्रदेश सभा सचिवालयमा दर्ता गरेको गठबन्धनका एक नेताले जानकारी दिए।
थापा साउन १६ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए।
एमाले नेतृत्वको सरकारले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि थापा पहिलोपटक असार २१ गते कोशीको मुख्यमन्त्री बनेका थिए।
त्यतिबेला थापाले मुख्यमन्त्री दाबी गर्दा सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरेपछि सर्वोच्चले उनको मुख्यमन्त्री नियक्ति बदर गरिदिएको थियो।
पछी सभामुख गौतमलाई राजीनामा गराएर पुनः थापा मुख्यमन्त्री बनेका थिए।
मुख्यमन्त्री बनेको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।सोहीअनुसार मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिन लागेका हुन्।