शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा एक विद्यार्थी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा एक विद्यार्थी पक्राउ

    खबरपुञ्ज संवाददाता

    ३२ श्रावण २०८०, शुक्रबार

    चितवन । शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एक जना विद्यार्थी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले उनलाई चितवनबाट बिहीबार राति पक्राउ गरेको हो ।

    चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत सप्तरीको राजविराज–७ का नसिम अख्तरलाई नक्कली प्रमाणपत्र बनाएर अध्ययन गरेको आरोपमा पक्राउ गरेको हो । उनीमाथि आइएससी उत्तीर्ण भएको सर्टिफिकेट नक्कली बनाएको आरोप छ । अख्तर विसं २०७२ सालमा एमबिबिएस भर्ना भएका थिए । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले राति पक्राउ गरिएका उनलाई काठमाडौँ लगिँदै गरेको जानकारी दिए।