प्रदेश मातहत तनहुँका विभिन्न कार्यालय प्रमुखको सरुवा (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रदेश मातहत तनहुँका विभिन्न कार्यालय प्रमुखको सरुवा (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    १ भाद्र २०८०, शनिबार

    दमौली । गण्डकी प्रदेश सरकार मातहत तनहुँ जिल्लाका विभिन्न कार्यालय प्रमुखको सरुवा भएको छ । प्रदेश सरकारको साउन ३२ को निर्णय अनुसार तनहुँका विभिन्न कार्यालय प्रमुख तथा अन्य कर्मचारीको सरुवा भएको हो ।

    डिभिजन वन कार्यालय प्रमुख कोमलराज काफ्लेको गोरखामा सरुवा भएको छ भने तनहुँमा गोरखाबाट अशोककुमार श्रेष्ठ आउने भएका छन् ।

    वन अधिकृत नवराज बरालको तनहुँबाट पर्वत, नवराज घिमिरेको गोरखा, विनयबहादुर अधिकारीको म्याग्दी सरुवा भएको छ ।

    कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीको नवलपुर सरुवा भएको छ भने तनहुँमा नवलपुरबाट गोपालप्रसाद लामिछाने आउने भएका छन् ।

    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठको पशुपंक्षी तथा मस्त्य विकास निर्देशनालय पोखरा सरुवा भएको छ भने तनहुँमा पशुपंक्षी तथा मस्त्य निर्देशनालयबाट डा. राजेशकुमार चौधरी आउने भएका छन् ।

    जलस्रोत तथा सिँचाइ डिभिजन तनहुँका प्रमुख रमेशराज शर्माको कास्की सरुवा भएको छ भने तनहुँमा गोरखाबाट प्रकाश लम्साल आउने भएका छन्।

    पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख दिनेश घिमिरेको बागलुङ सरुवा भएको छ भने तनहुँमा पर्वतबाट कृष्ण आचार्य आउने भएका छन् ।