निर्माणाधीन सभागृहको मुख्य गेटमा तालाबन्दी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निर्माणाधीन सभागृहको मुख्य गेटमा तालाबन्दी

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । तनहुँको व्यास नगरपालिका–३ विपी वनवाटिकामा निर्माणको अन्तिम चरणमा पुगेको जिल्ला सभागृहको मुख्य गेटमा आइतबार तालाबन्दी गरिएको छ । सभाहललाई अपाङ्गतामैत्री बनाउन माग गर्दै सभागृहको मुख्य गेटमा तालाबन्दी गरिएको हो ।

    पहुँचयुक्त जिल्ला सभागृह हल निर्माणका लागि अपाङ्गता भएका व्यक्तिहरुको सङ्घर्ष समितिका संयोजक मदन पौडेलको नेतृत्वमा तालाबन्दी गरिएको हो । निर्माण सम्पन्न भएर उद्घाटनको चरणमा रहेको भवन अपाङ्गतामैत्री नभएकाले सोही माग गर्दै तालाबन्दी गर्नुपरेको पौडेलले बताए ।

    सहमति बिना ताला तोड्ने काम नगर्न आग्रह गर्दै पौडेलले सरकारले गर्ने व्यवहारले आन्दोलनको स्वरुप परिवर्तन हुन सक्ने उल्लेख गरे ।

    समितिले गत साउन १० गते जिल्ला समन्वय समितिलाई सभागृह अपाङ्गतामैत्री बनाउन माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । तत्पश्चात सकेसम्म सहमतिबाट निकास निकाल्नका लागि सस्थाको तर्फबाट सरकारी पक्षसँग अनौपचारिक छलफल गर्ने काम समेत भयो तर आलटाल गर्ने काम मात्र भएको पौडेलको आरोप छ ।