रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा जीवन बीमा मृत्यु दावी भुक्तानी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा जीवन बीमा मृत्यु दावी भुक्तानी

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०८०, बिहीबार

    दमौली । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी दमौली शाखाले जीवन बीमा मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले व्यास-१० दुम्सी निवासी स्व. कमलप्रसाद शर्माको छोरालाई मृत्यु दावी भुक्तानी गरेको हो ।

    व्यास नगरपालिकाका इन्जिनियर शर्माको केही समय अगाडी मृत्यु भएको थियो । शर्माले आफ्ना छोरा डिभाइनको सन् २०२१ अप्रिल ७ मा सुलभ बाल जीवन बीमा गरेका थिए । उनले हालसम्म ८० हजार ५ सय ९५ प्रिमियम बुझाएका थिए ।

    सो अनुसार अब छोरालाई १६ वर्षसम्म मासिक रु पॉच हजार पढाई खर्च उपलब्ध गराइने शाखा प्रबन्धक जगदीश काफ्लेले जानकारी दिए । वार्षिक रुपमा तिर्नुपर्ने रु २६ हजार आठ सय ६५ छुट भएको उनले बताए । समयावधि समाप्त भएपछि बीमांक रु पॉच लाख र बोनस प्रदान गरिनेछ ।

    व्यास नगरपालिकाको सभाहलमा बिहीबार आयोजित कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपानेले स्वर्गीय शर्माका बुबा यज्ञप्रसाद शर्मा, श्रीमती ज्योति शर्मालाई मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेका छन् । सो अवसरमा उनले बीमा अहिलेको आवश्यकता रहेकाले सबैले बीमा गर्नुपर्ने बताए ।

    स्वर्गीय शर्माका बुबा यज्ञप्रसाद शर्माले छोराको मृत्युको चार दिनमा नै कम्पनीले घरमा आएर बीमा प्रिमियम लिन आउन चिठी दिएकाले कम्पनीप्रति विश्वास जागेको बताए।

    सो क्रममा शाखा प्रबन्धक काफ्ले र सिनियर एजेन्सी म्यानेजर मोहन भण्डारीले बीमाको महत्व र कम्पनीको बीमा योजनाबारे जानकारी गराएका थिए ।