दमाैली । तनहुँको भानु नगरपालिका–११ मानेचौकास्थित पाउदी खोलामा पौडी खेल्ने क्रममा डुबेर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको सुन्दरबजार नगरपालिका–६ अरेलुचौर बस्ने १० वर्षीय समर्पण परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पौडी खेल्दै गर्दा बगाएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए । निज बालकलाई अन्दाजी आठ सय मिटर तल भेटिएको थियो । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।