भिरबाट लडेर घिरिङमा वृद्धको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    भिरबाट लडेर घिरिङमा वृद्धको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १५ भाद्र २०८०, शुक्रबार

    दमौली । तनहुँको घिरिङ गाउँपालिका–३ ग्याजामा भिरबाट लडेर शुक्रबार एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६८ वर्षीय पदमबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    ग्याजा पैरेनीबाट भिरबाट लडेर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए । घटनासम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।