नेपाली काङ्ग्रेस भिमादको प्रथम नगर सम्मेलन सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाली काङ्ग्रेस भिमादको प्रथम नगर सम्मेलन सम्पन्न

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०८०, आईतवार

    दमौली । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले आफ्नै कार्यकालमा श्रृंगपथ र कृष्ण मोटरमार्ग निर्माण सम्पन्न गर्ने बताएका छन् । नेपाली काङ्ग्रेस भिमाद नगर कार्य समितिको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    मुद्धाका कारणले गर्दा यस आर्थिक वर्षमा श्रृंगपथका लागि बजेट विनियोजन गर्न नपाएको उनले बताएका छन् । मुद्धा किनारा लगाउनको निरन्तर प्रयास भै रहेको र छिटै नै किनारा लागिसके पश्चात गौरवको आयोजनाको रुपमा श्रृंगपथ र कृष्ण मोटरमार्गलाई विशेष प्राथमिकतामा राखी ५० वर्ष सम्म नबिग्रने गरी निर्माण गरिने उनले बताएका छन् ।

    उनले पछिल्लो समय देशमा सनातन धर्मलाई समाप्त पार्ने योजनाहरू भैरहेको बताएका छन् । नेपाल धर्मनिरपेक्ष राष्ट्र भएकाले सबै धर्म मान्न पाउने स्वतन्त्रता भएपनि सनातन धर्ममाथि अपमान , र तिरस्कार भैरहेको बताएका छन् ।

    केन्द्रीय सदस्य गोविन्द भट्टराईले देशलाई समृद्धिको बाटोमा लैजाने कार्यक्रम, लक्ष्य , योजना , विचार र सामर्थ्य कांग्रेससँग मात्रै रहेको बताए ।

    केन्द्रीय सदस्य ध्रुव वाग्लेले नेपाली काङ्ग्रेसभित्र एकता र भाइचारा र अनुशासन अपरिहार्य रहेको बताएका छन् ।

    कांग्रेसका जिल्ला सभापति जितप्रकाश आलेले कांग्रेस नेतृत्वको प्रदेश सरकारले जनमुखी कार्यक्रम ल्याएको बताए ।

    नगरसभापति अरविन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठ, क्षेत्रीय सभापति चुडामणि खनाल, जिल्ला सहसचिव मिलन आले लगायतले अन्य राजनीतिक दलहरुले गर्न नसकेको काम नेपाली कांग्रेसको गर्दै आएको बताएका थिए ।