दमाैली । तनहुँकाे भिमाद नगरपालिका-२ मा जुवातास खेलिरहेकाे अवस्थामा सात जना पक्राउ परेका छन् । विशेष सूचनाकाे आधारमा प्रहरी चाैकी किहुँबाट खटिएकाे प्रहरीले शनिबार राति सात जनालाई पक्राउ गरेकाे हाे ।
प्रहरीले उनीहरुकाे साथबाट नगद रु २१ हजार छ सय ५० र तीन बुक तास बरामद गरेकाे छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।