भूमि आयोग विज्ञ सदस्य कार्कीद्वारा राजिनामा घाेषणा (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भूमि आयोग विज्ञ सदस्य कार्कीद्वारा राजिनामा घाेषणा (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । राष्ट्रिय भूमि आयोग तनहुँका विज्ञ सदस्य श्रीराम कार्कीले उक्त पदबाट राजिनामा घोषणा गर्नुभएको छ । कार्कीले बिहीबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी उक्त पदबाट राजिनामा दिएको घोषणा गरेका हुन् ।

    नेकपा (एकीकृत समाजवादी) को तर्फबाट आयोगमा विज्ञ सदस्यमा नियुक्त भएका कार्कीले हाल आफू नेकपा (एमाले) मा समाहित भएकाले नैतिकताका हिसाबले उक्त पदमा बसिरहन उपयुक्त नभएकाले राजिनामा घोषणा गरेको जानकारी दिए। कार्की विसं २०७८ चैत ४ गते विज्ञ सदस्यका रुपमा नियुक्त भएका थिए ।

    आयोगमा नियुक्त हुँदाको पूर्ववत पार्टीको जिम्मेवारीमा नरहेको व्यहोरा सम्बन्धित पार्टीलाई बुझाइसक्दा पनि राजनीतिक चरित्र र व्यक्तिगत इमानदारितामाथि अफवाह फैलाउने गरी केही व्यक्तिहरुले रिसिइवी साँधेर पत्रकार सम्मेलनको नाममा गरेको टिकाटिप्पणीप्रति गहिरो स्मरण रहेको कार्कीले उल्लेख गरे।

    आफ्नो राजनीति धर्र्म र निष्ठा ठानी आयोगको कामसँग सम्बन्धित कानूनको सङ्गालो, गठन आदेश, ऐन कानून र परिधिको अधिनमा रही सम्बन्धित पार्टीलाई आफ्नो स्थानमा नियुक्ति र निर्णय गर्न कुनै बाधा नपु¥याउने सार्वजनिक गर्दै राजिनामा गरेको कार्कीको भनाइ छ ।

    एउटा राजनीतिक दलबाट विजय भएर अर्को दल प्रवेश गरी झण्डा हल्लाएर हिँडेका नजिर हुन् वा एउटा सरकार हुँदा लिएका नियुक्ति जति वटा सरकार आएपनि कानून अनुसार समय अवधि नसकिदासम्म सो पदमा रहेका प्रशस्त नजिर रहेको कार्कीले बताए।

    “विशेषगरी व्यास नगरपालिकाभित्रका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न दत्तचित्त भएर लागिरेहेको थिएँ । यसबीचमा व्यास नगरपालिका वडा नम्बर १४ बाट नापजाँचको काम समेत अगाडी बढिसकेको छ,” कार्कीले भने।

    कार्कीका अनुसार आयोगले देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, भानु नगपालिका, शुक्लागण्डकी नगरपालिका र व्यास नगरपालिकामा नापजाँचका काम तीव्रताका साथ अगाडी बढाएको छ । म्याग्दे गाउँपालिका र बन्दीपुर गाउँपालिकाले भूमिहिन सुकुम्बासीको निस्सा वितरण कार्य सम्पन्न गरेका छन् । ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र भिमाद नगरपालिकाले भूमिहिन सुकुम्बासीको लगत सङ्कलन गरेतापनि निस्सा वितरण कार्य बाँकी छ ।