देवघाटमा नदीले वृद्ध बेपत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाटमा नदीले वृद्ध बेपत्ता

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । तनहँुको देवघाट गाउँपालिका–५ बेणीसङ्गममा नदीले बगाएर बिहीबार एक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा चितवनको भरतपुर महानगरपालिका–७ कृष्णपुर बस्ने ५७ वर्षीय रुद्र भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    त्रिशुली र कालीगण्डकी नदीको सङ्गमस्थलमा नुहाउने क्रममा भण्डारी बेपत्ता भएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए। बेपत्ता भण्डारीको खोजतलास भइरहेको उनकाे भनाइ छ ।