गण्डकी प्रदेशस्तरीय कृषि तीज गीतमा तनहुँ द्वितीय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेशस्तरीय कृषि तीज गीतमा तनहुँ द्वितीय

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०८०, शनिबार

    दमाैली । गण्डकी प्रदेशस्तरीय कृषि तीज गीत प्रतियाेगितामा तनहुँकाे समूह द्वितीय भएकाे छ । कृषि विकास निर्देशनालय, गण्डकी प्रदेश र पोखरा टेलिभिजनकाे संयुक्त आयाेजनामा शनिबार पाेखरामा सम्पन्न प्रतियाेगितामा तनहुँकाे म्याग्दे गाउँपालिकास्थित बेदकालिका कृषि समूह द्वितीय भएकाे हाे ।

    प्रतियाेगितामा म्याग्दी प्रथम भएकाे छ भने कास्की तृतीय भएकाे छ । त्यस्तै स्याङ्जाले सान्त्वना पुरस्कार प्राप्त गरेकाे छ । मुस्ताङले प्राेत्साहन पुरस्कार प्राप्त गरेकाे छ ।

    प्रतियाेगितामा प्रथम हुनेले रु २१ हजार र प्रमाणपत्र, द्वितीय हुनेले रु १५ हजार र प्रमाणपत्र, तृतीय हुनेले रु ९ हजार र प्रमाणपत्र र सान्त्वना हुनेले रु तीन हजार र प्रमाणपत्र प्राप्त गरेकाे छ ।

    कृषि ज्ञान केन्द्र तनहुँले केही दिन अगाडी आयाेजना गरेकाे प्रतियाेगितामा बेदकालिका जिल्ला स्तरमा प्रथम हुन सफल भएकाे थियाे । प्रथम हुँदै उक्त समूहले प्रदेशस्तरीय प्रतियाेगितामा सहभागिता जनाएकाे हाे ।

    पुरस्कृत समूहलाई प्रदेशका कृषि तथा भूमि व्यवस्थान मन्त्री महेन्द्रध्वज जिसी, कृषि विकास निर्देशनालयका महानिर्देशक बासुदेव रेग्मीले पुरस्कार प्रदान गरे ।