सिर्जनाको दरखाने र अग्रज सम्मान कार्यक्रम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सिर्जनाको दरखाने र अग्रज सम्मान कार्यक्रम

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०८०, आईतवार

    दमौली । सिर्जना टोल आमा समूह व्यास-३ को आयोजनामा दर खाने तथा अग्रज सम्मान कार्यक्रम सम्पन्न गरिएको छ।नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको पूर्व सन्ध्यामा सो कार्यक्रमको आयोजना गरिएको हो।

    आमा समूहको पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष, निवर्तमान सचिव र कोषाध्यक्ष क्रमश: काशी राना,कोपिला थापा, शर्मिला तमाङ र ओम माया श्रेष्ठलाई मायाको चिनो ,फूल र अबिर प्रदान गरी समूहको जेष्ठ सदस्य केश कुमारी श्रेष्ठ र पार्वती दाहालबाट सम्मान गरिएको थियो।
    कार्यक्रम आयोजना गरी आफूहरूलाई सम्मान गरिएकोमा पूर्व अध्यक्ष द्वय र उपस्थित सबैले समूहले राम्रो कार्यको शुरुवात गरेको भनी प्रशंसा गरेका थिए।

    समूहकी अध्यक्ष सरिता श्रेष्ठले आमा समूहले यस अघि गुरु पूर्णिमाको अवसर पारेर टोल स्थित जेष्ठ बुबा आमालाई सम्मान गरेको,कृष्ण जन्माष्टमी पर्वको अवसरमा राधामाधव समितिमा पूजा अर्चना र नगद दान प्रदान गरिएको र नेपाली नारीको महान पर्वको अवसर पारी शुभकामना आदानप्रदान तथा अग्रज सम्मान कार्यक्रम गरिएको जानकारी गराइन् ।