आफूखुशी स्टीकर टाँसेर बढी मूल्यमा सामान बेच्ने पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आफूखुशी स्टीकर टाँसेर बढी मूल्यमा सामान बेच्ने पक्राउ

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ रिम्लेस्थित एक होटलमा आफूखुशी स्टीकर टाँसेर बढी मूल्यमा सामान विक्री गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा हाइवे रेष्टुरेण्ट एण्ड खाजा घरका सञ्चालक अर्जुनबहादुर रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    कम्पनीको प्रिन्ट लेबल छोपेर सोमाथि आफूखुशी बढी मूल्यको सामान विक्री वितरण गरेको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला प्रहरी कार्यालय तनहुँको संयुक्त अनुगमन टोलीले निजलाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

    अनुगमन टोलीले उक्त खाजा घरमा जाँच गर्दा दोहोरो लेबल गरी राखेको विभिन्न खाद्यपदार्थ समेत बरामद गरेको छ । पक्राउ परेका रानाभाट विरुद्ध आज कालोबजार तथा केही अन्य सामाजिक अपराध सम्बन्धी कसुरमा चार दिनको म्याद थप गरिएको छ ।