सामसुङले नेपालमा गरेको लगानी, उत्पादन र रोजगारीका सन्दर्भमा राष्ट्रपतिको चासो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सामसुङले नेपालमा गरेको लगानी, उत्पादन र रोजगारीका सन्दर्भमा राष्ट्रपतिको चासो

    खबरपुञ्ज संवाददाता

    २४ भाद्र २०८०, सोमबार

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग कोरीयाको सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङ ही पार्क (Mr Seung Hee Park) ले आज शिष्टाचार भेट गरेका छन् । सो भेटमा राष्ट्रपति पौडेलले कोरियाले गरेको विकासको प्रशंसा गर्दै सूचना प्रविधिका विभिन्न पक्षमा चासो राखेका थिए ।

    राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको सो भेटमा पार्कले सामसुङ कम्पनीले नेपालमा सञ्चालन गरेको विभिन्न उत्पादन तथा सोसम्बन्धी गतिविधिबारे संक्षिप्तमा जानकारी गराएका थिए ।

    नेपालमा सञ्चालन गर्न सकिने फयाक्ट्री, सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाली विद्यार्थीहरूलाई उच्चस्तरको सूचना प्रविधि सम्बन्धी तालिम तथा भविष्यमा सामसुङ कम्पनी र नेपालबीच हुन सक्ने सहयोग योजना तथा सूचना प्रविधि र औधोगिक उत्पादन सम्बन्धीका योजनाबारे पनि पार्कले सो अवसरमा जानकारी गराएका थिए ।

    सो अवसरमा सामसुङका उपाध्यक्ष द्वय हयुङ वु लि ( Hyung Woo Lee) र सुङ जुन पार्क ( Sung June Park), प्रवन्ध निर्देशक ह्यून लि ( Hyun Lee ), नेपालका लागि कोरियन राजदूत थेयङ पार्क ( Tae Young Park ) र गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा लगायतको उपस्थिति थियो ।

    सामसुङ कम्पनीको प्रविधिमा आधारित रहेर गोल्छा समूहले नेपालको नवलपरासीको भूमहीमा पूर्ण टीभी जडान उत्पादन कारखाना सञ्चालनमा ल्याएको पनि सो अवसरमा जानकारी दिइयो ।
    गत अप्रिलबाट सो कारखाना सञ्चालनमा आएको जनाइएको छ ।

    सो कारखाना पूर्ण क्षमतामा सञ्चालन हुँदा वार्षिक एक लाख वटा टीभी तयार हुने तथा एक हजार जनाले रोजगारी पाउन सक्ने बताइएको छ ।
    राष्ट्रपति पौडेललाई सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङ ही पार्क (Seun Hee Park) ले उक्त कुराको जानकारी गराउनुभयो । साथै सामसुङको प्रविधि हस्तान्तरण कार्यक्रम अन्र्तगत पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा सामसुङ इन्नोभेसन क्याम्पस सञ्चालन अन्र्तगत सयजना विद्यार्थीलाई सहभागी गराई दुई वर्षे कार्यक्रम सञ्चालनमा रहेको सो अवसरमा जानकारी दिइयो ।

    राष्ट्रपति पौडेलले प्रविधि हस्तान्तरण सम्बन्धी कार्यक्रम, कारखानामा तयार हुने टिभी तथा त्यसबाट यहाँ सुजना हुने रोजगारीप्रति प्रसन्नता प्रकट गरेको बताइएको छ ।