दमाैली । तनहुँकाे ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताकाे तनहुँ जलविद्युत आयाेजनाकाे जिल्लास्थित सञ्चारकर्मीले निरीक्षण गरेका छन् ।
आयाेजनाकाे प्रबर्द्धक कम्पनी तनहुँ हाइड्राेपावर लिमिटेडकाे समन्वयमा बुधबार आयाेजनाकाे सञ्चारकर्मीले निरीक्षण गरेका हुन् । साे क्रममा प्याकेज १ अन्तर्गतकाे बाँध फर्काउने, प्याकेज २ अन्तर्गतकाे भूमिगत विद्युतगृह निर्माणकाे कामकाे बारेमा सञ्चारकर्मीले जानकारी लिएका थिए ।
साे अवसरमा कम्पनीका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले आयाेजनाकाे समग्र प्रगतिकाे बारेमा जानकारी गराएका थिए । श्रेष्ठका अनुसार हालसम्म तीन वटै प्याकेजमा ४३ प्रतिशत प्रगति भएकाे छ ।
उनका अनुसार प्याकेज १ अन्तर्गत बाँध निर्माणमा २५ प्रतिशत, प्याकेज २ अन्तर्गत विद्युतगृह निर्माणमा ४५ प्रतिशत र प्याकेज ३ अन्तर्गत प्रसारण लाइन निर्माणमा ६९ प्रतिशत भौतिक प्रगति भएको छ । उनले भने, “तीन वटै प्याकेजको काम तीव्र गतिमा भइरहेको छ, आयोजनाको प्रगति सन्तोषजनक रहेको छ ।”
आयाेजना प्रमुख राजभाइ शिल्पकारले आयाेजनाकाे तीनवटै प्याकेजमा हाल भइरहेकाे कामकाे बारेमा जानकारी गराए ।
त्यस अवसरमा जिल्लाका सञ्चारकर्मीले तनहुँ जलविद्युत आयाेजना राष्ट्रकै गहना भएकाले यसलाई सम्पन्न गराउन सञ्चारमाध्यमका तर्फबाट सहयाेग हुने प्रतिबद्धता जनाएका थिए ।