दमाैली । नेकपा (एकीकृत समाजवादी) तनहुँको इन्चार्जमा शङ्करनारायण श्रेष्ठ चयन भएका छन् । पार्टीको केन्द्रीय कमिटीले श्रेष्ठलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो । श्रेष्ठ पार्टीका केन्द्रीय कमिटी सदस्य समेत हुन् ।
यस्तै सहइन्चार्ज तथा क्षेत्र नम्बर १ को इन्चार्जमा केन्द्रीय कमिटी सदस्य कलिला खातुन चयन भएकी छन् । त्यस्तै सहइन्चार्ज तथा क्षेत्र नम्बर २ को इन्चार्जको जिम्मेवारी केन्द्रीय लेखा आयोग उपाध्यक्ष विद्या ढकाललाई दिइएको छ ।